माओबादी नेता धनीराम पौडेल शिक्षामन्त्री बनेपछि फेसबुकबाट आफ्नै छोरीले दिईन यस्तो सुझाब जुन सामाजिक संजालमा भाइरल बन्दै

| प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७३


काठमाडौं, १० भदौ । माओवादीले वर्तमान शिक्षा प्रणालीलाई बुर्जुवा शिक्षा प्रणाली भन्दै सधैं विरोध गर्दै आयो । तत्कालिन माओवादी जनयुद्धकाबेला बर्तमान शिक्षा बुर्जुवा शिक्षा प्रणाली भन्दै बुर्जुवा शिक्षा च्यात्ने भन्दै स्कुले विद्यार्थीहरुलाई पनि सँगसँगै जनयुद्धमा होम्यो ।

Loading...

माओवादी शान्ति प्रक्रियामा आईसकेपछि माओवादी जनयुद्धका कमाण्डर वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकर्ताहरुलाई जनयुद्धमा गरेको योगदानका आधारमा शैक्षिक प्रमाणपत्र उपलब्ध गराउने भनी दिएको प्रशिक्षण अहिले पनि सम्झिन्छन् ।

DR poudel with doughterपहिलो संविधानसभाको निर्वाचनपछि तत्कालिन एनेकपा माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बने । त्यसयता तत्कालिन माओवादीकै अर्का नेता डा.बाबुराम भट्टराई प्रधानमन्त्री बने । भट्टराईकै कार्यकालमा दिनानाथ शर्मा शिक्षामन्त्री बने ।

शर्मापछि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा माओवादीकै नेता गिरीराजमणि पोखरेल शिक्षामन्त्री भए । माओवादी नेताहरु प्रधानमन्त्रीदेखि शिक्षामन्त्री भए पनि उसैले भन्ने गरेको त्यहि बुर्जुवा शिक्षा प्रणालीलाई नै प्रश्रय दिँदै अाएकाे छ ।

हालै तत्कालिन जनयुद्धका कमाण्डर तथा अहिलेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री बनेका छन् । कांग्रेस गठबन्धनमा भागबण्डा मिलाउन भन्दै विनाविभागीय मन्त्रीको सपथ गराइएका माओवादी नेता धनीराम (डीआर) पौडेल शिक्षामन्त्री बन्ने अवसर पाएका छन् । संयोग नै भन्नुपर्छ प्रधानमन्त्री, अर्थमन्त्री, शिक्षामन्त्री पनि माओवादीलाई मिलेको छ । तर आफैले भनेको बुर्जुवा शिक्षा प्रणालीलाई कसरी सुधार ल्याउँछन्, हेर्न बाँकी छ ।

तर तिनै शिक्षामन्त्रीकी छोरी जागृति पौडेलले आफ्नो बुवालाई जनतालाई सिकाउँदै आएको सर्बसुलभ र जनमुखी शिक्षा शिक्षा पद्धति ब्यवहारमा लागू गर्न सुझाव दिएकी छन् ।

‘शिक्षा क्षेत्रका दलालहरु तपाईको छेउ पर्न डराउन्,’ जागृतिले सामाजिक सञ्जालमार्फत आफ्ना बाबुलाई शुभकामना दिँदै भनेकी छन्, ‘हजुरले सधै हामीलाई अनि सबैलाई भन्दै र सिकाउदै आएको सर्वसुलभ र जनमुखी शिक्षा पद्धतिको थोरैभए पनि सबैले ब्यबहारमै अनुभुति गर्न पाउन् ।’

उनले बाबुले पाएको शिक्षा मन्त्रालयको जिम्मेवारी डिग्रीको सर्टिफिकेट लिएर विदेशी दुतावासमा लाम लागेका नेपाली युवाका लागि स्वदेशमै मौका सिर्जना गर्ने अवसरको युग बनोस् भन्ने समेत शुभकामना दिएकी छन् । कहिल्यै विद्यालयका मुहार नदेखेका सम्पूर्ण नेपाली छोराछोरीका लागि मन्त्री पद अभिभावकत्व महशुस गर्ने समय बनोस् भन्ने शुभकामना समेत दिएकी छन् ।

विनाविभागीय मन्त्रीको सपथ खाएका पौडेललाई शुक्रबार कांग्रेसबाट थप १३ जनाको सपथपछि शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।


Loading...