डाक्टरलाई मुक्का हान्ने व्यक्ति पक्राउ

| प्रकाशित मिति: शुक्रबार, बैशाख ८, २०७४


Loading...

Loading...

काठमाण्डौ, ८ बैशाख । कान्ति बाल अस्पतालमा सेवामा खटिरहेका चिकित्सकमाथि मुक्का प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् ।

कान्ति अस्पतालमाका डाक्टर मुकुन्द कुमार देवलाई बिनाकारण मुुक्का प्रहार गर्ने विरामीका आफन्त पक्राउ परेका हुन् ।

सोलुखुम्वु वेनी गाविसका २६ बर्षिय अनिल श्रेष्ठ काठमाण्डौको बानियाटारबाट पक्राउ परेका हुन् ।

उनीमाथी आवाश्यक थप अनुसन्धान गरी आरोप प्रमाणित भए सार्वजनिक मुद्धा चलाईने महाराजगञ्ज बृत्तका डिएसपी गोविन्द पुरी जानकारी दिए ।

बुधबार दिउँसो अस्पतालमा काम गरिरहेका डा. मुकुन्द कुमार देवमाथि उनले मुक्का प्रहार गरेर फरार भएका थिए ।
उनले डा. देवमाथि मुक्का हानेको घटनापछि कान्ति अस्पतालका चिकित्सकहरुले दोषीमाथि कारबाहीको माग गरेका थिए ।

The post डाक्टरलाई मुक्का हान्ने व्यक्ति पक्राउ appeared first on Sajha Post.