यो मितिमा हुनसक्छ तेस्रो विश्वयुद्ध

| प्रकाशित मिति: शुक्रबार, बैशाख ८, २०७४


Loading...

Loading...

एजेन्सी । डोनाल्ड ट्रम्प अमेरिकी  राष्ट्रपति बन्ने भविष्यवाणी गरेका एक व्यक्तिले तेस्रो विश्वयुद्ध मे महिनामा हुने भविष्यवाणी गरेका छन् । क्लेयरवायंट होरोसिओ विलगैस नाम गरेका मानिसले मे १३ तारिखका दिन विश्वयुद्ध हुने भविष्यवाणी गरेका हुन् ।

रिपोर्टका अनुसार विलगैसले भनेका छन् कि विश्वका शक्तिशाली मुलुकले सुरुमा सीरियामा हमला गर्नेछन् । रासायनिक हमला हुनसक्छ । सोही बखत रुस, उत्तर कोरिया र चीनबीच संघर्ष सुरु हुनेछ ।

विलगैसले नास्त्रेदमसको भविष्यवाणीलाई समर्थन समेत गरेका छन् । नास्त्रेदमसले भनेका थिए कि एकसाथ सयौं शक्तिहरु जुध्छन् र ठूलो संख्यामा मानिसहरुको मृत्यु हुनेछ ।

विलगैसले सीरियाका राष्ट्रपति असदको बम विस्फोटमा मृत्यु हुने बताएका छन् । भविष्यवाणीका अनुसार १३ अप्रिल देखि १३ मे को बीचमा धेरै प्रकारका अचम्मका खबरहरु आउनेछ ।

उनका अनुसार झुटो सूचनामाथि आधारित रहेर भएका हमलाहरुको खबर समेत आउनेछन् । जसमा उत्तर कोरिया र सीरियासँग जोडिएका खबरहरु बढी हुनेछन् ।

अहिले रुस, अमेरिका र सीरियाबीच तनाव सुरु भएको छ ।

The post यो मितिमा हुनसक्छ तेस्रो विश्वयुद्ध appeared first on Sajha Post.