उत्तर कोरियाले मिसाइल परीक्षण नरोके कारवाही गर्ने सुरक्षा परिषद्को चेतावनी

| प्रकाशित मिति: शुक्रबार, बैशाख ८, २०७४


Loading...

Loading...

एजेन्सी । अन्तर्राष्ट्रिय सुरक्षा परिषदले उत्तर कोरियाले रासायनिक मिसाइल परीक्षण नरोके कारवाही गर्ने चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले उत्तर कोरियाको हालैको मिसाइल परीक्षणको भत्सर्ना गर्दै उसको अस्थीर व्यवहारका लागि पियोङग्याङविरुद्ध दण्डविधान लागु गर्ने धम्की दिएको छ ।

संयुक्त वक्तव्यमा परिषद्ले उत्तर कोरियालाई अन्य रासायनिक परीक्षण नगर्न भनेको छ । पियोङग्याङको मिसाइल गतिविधि अवैधानिक भएको भन्दै यसले त्यस क्षेत्र र त्यसभन्दा बाहिर तनाव सिर्जना गर्ने बताएको छ ।

परिषद्ले मिसाइल प्रक्षेपणको संकटलाई सम्बोधन गर्न उत्तर कोरियालाई दण्डविधान बाहेक अन्य महत्वपूर्ण कदम चाल्ने धम्की दिएको छ ।
अमेरिकी राजदुत निक्की ह्यालेले पत्रकारलाई बताए, ‘यदि हामीले दण्डविधान र अन्य कदम उठाउनुपर्‍यो भने हामी उठाउँनेछौ ।’

अमेरिकाले जारी गरेको वक्तव्यलाई रसियाले वार्ताद्वारा शान्तिपूर्ण समाधानमा जोड दिएपछि त्यसलाई पनि संलग्न गराएर समर्थन गरिएको थियो ।

मस्कोले वक्तव्यको अघिल्लो संस्करणलाई अवरुद्ध गरेको थियो जुन उत्तर कोरियाको आइतबारको असफल परीक्षणपछि आएको थियो तर पनि पियोङग्याङको मित्रराष्ट्र चीनले त्यसको समर्थन गरेको थियो ।

यद्यपी रसियाली परराष्ट्र मामिलाका जानकार पिट्र इलीसिभले अमेरिकाले सहमतिको क्षणमा अशिष्ट ढंगले वार्ता तोडेको उक्त वक्तव्यलाई अवरुद्ध गर्न अस्वीकार गर्‍यो ।

The post उत्तर कोरियाले मिसाइल परीक्षण नरोके कारवाही गर्ने सुरक्षा परिषद्को चेतावनी appeared first on Sajha Post.