कपाल फुलेर हैरान हुनुहुन्छ भने यसो गर्नुस्

| प्रकाशित मिति: शुक्रबार, बैशाख ८, २०७४


Loading...

Loading...

आज भोलिको व्यस्त जीवनमा कम उमेरका मानिसहरुको कपाल समेत फुल्न थालेको छ । धुवाँधुलो, तनाव र ‘भिटामिन ई’ को कमीका कारण यो समस्या जटिल बन्दै गएको छ । केही मानिसहरुको भने वशांणुगत गुणका कारण यो समस्या हुन्छ । जे होस् यी सबैका समस्या सजिलै हल गर्ने उपाय आज हामी बताउन लाग्दैछौँ ।

सबैजसो मान्छेहरु यसको समाधानका लागि समयसमयमा कलर गर्ने गर्छन् तर यो वास्तवमा सही तरिका भने होइन । आज हामी तपाईलाई आफ्नो कपाल सेतो हुनबाट बचाउने घरेलु उपाय बताउँदैछौं ।

यसका लागि मात्र २ देखि ३ चम्चा शुद्ध नरिवलको तेल आवश्यक हुन्छ ।

प्रयोग गर्ने तरिका :
. नरिवलको तेललाई २० सेकेन्डसम्म तताउने
. तताइसकेपछि कपालको जरामा लगाएर मसाज गर्ने
. मसाज गरिसकेपछि श्याम्पू लगाएर पखाल्ने
४. यो तरिका सधैँ अपनाउनुहोस् र तपाईको कपाल सामान्य रुपमै कालो हुनेछ ।

The post कपाल फुलेर हैरान हुनुहुन्छ भने यसो गर्नुस् appeared first on Sajha Post.