थिएटर मलमा ‘म जोकर बन्छु’ नामक नाटक मञ्चन

| प्रकाशित मिति: शुक्रबार, बैशाख ८, २०७४


Loading...

काठमाडौं । थिएटर मल नाटकघरको मञ्चमा बालबालिकाहरु मात्र थिए । दर्शक दिर्घामा भने बालबालिकाहरुसहित अभिभावकहरु पनि ध्यान मग्न थिए ।मञ्चमा रहेका बालबालिकाहरु दर्शकले दिएका विषय र प्रसंगमा तत्कालै कथा बुन्न र अभिनयमार्फत सो कथा भन्न मस्त थिए । पछि उनीहरुले पूर्ण नाटक नै मञ्चन पनि गरे ।
काठमाडौंमा बाल रंगमञ्चको गतिविधि बढाइरहेको बाल रंगमञ्चसम्बन्धी संस्था थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) र थिएटर मल नाटकघरले बालबालिका र अभिभावकमाझ नाटक मञ्चन गरेको हो । बालबालिकाहरुले नाटक ‘म जोकर बन्छु’ नामक नाटक मञ्चन गरेका थिए ।

Loading...

नेपाली बालसाहित्यका पिताका रुपमा चिनिने बालसाहित्यकार शान्तदास मानन्धरको नाटक ‘म जोकर बन्छु’लाई केदार श्रेष्ठले निर्देशन गरेका हुन् । टिसीसी नेपालको ‘बालबालिकाका लागि अभिनय कार्यशाला’को अन्तिम दिन बालबालिकाहरुले नाटक मञ्चन गरेका हुन् । नाटकमा सबै पात्रहरुमा बालबालिकाले अभिनय गरेका थिए ।
बाल मनोविज्ञानमा आधारित नाटक ‘म जोकर बन्छु’ मा अभिभावकले वेवास्ता गरेपछि बालबालिकामा पर्ने मनोवैज्ञानिक नाकारात्मक असरलाई विषय बनाइएको थियो । बालबालिकाका इच्छामाथि अभिभावकले दवाव दि“दा हुने परिणामा र बालबालिकाले गरेको कार्यमा अभिभावकले सकारात्मक नजरले नहेर्दा बाल मस्तिष्कमा पर्ने प्रभावलाई नाटककमा उतारिएको थियो ।

अभिनय कार्यशालामा भएका ५ देखि १४ वर्षका बालबालिकाहरु सहभागी थिए । अरविन खड्का, कृति भट्टराई, सुशान्त कार्की, अनुप पुरी, सुक्साना थापा, प्रत्युस्का खड्का, आलिया पाठक, विश्वम पाठक, आर्यन पौडेल, प्रिन्स सिलवालले नाटक ‘म जोकर बन्छु’मा अभिनय गरेका थिए । थिएटर मलले र टीसीसी नेपालले हरेक वर्ष बालबालिकाका लागि अभिनय कार्यशाला गर्दै आएको निर्देशक केदार श्रेष्ठले जानकारी दिए । आगामी वर्ष पनि चैतको १९ देखि कार्यशाला हुनेछ ।

बाल रंगमञ्च सम्बन्धी अन्तर्राष्ट्रिय संगठन आसितेज इन्टरनेशनलेले ‘बालबालिकालाई पनि नाटकघर लैजाऔं’ भन्ने अभियान अन्तर्गत बाल नाटकको गतिविधि नेपालमा भइरहेको आसितेज नेपालका दिपर्शन जंग राणा ले जनाए ।वाल मनोविज्ञानमा आधारित नाटक ‘म जोकर बन्छु’ अभिभावकले वेवास्था गरेपछि वालवालिकामा पर्ने मनोवैज्ञानिक नकारात्मक असरलाई नाटकले विषयवस्तु बनाएको छ ।

The post थिएटर मलमा ‘म जोकर बन्छु’ नामक नाटक मञ्चन appeared first on Etajakhabar.