तपाईलाई थाहा छ कफी पिउनुका यी ५ चामत्कारिक फाइदा ?

| प्रकाशित मिति: शुक्रबार, बैशाख ८, २०७४


Loading...

Loading...

कफीलाई एन्टिअक्सिडेन्टको पावरहाउस पनि भन्ने गरिन्छ । संसारको जुन सुकै ठाउँमा मान्छेहरु दैनिक कफि सेवन गर्छन् । यसै विषयमा एउटा अध्ययनले देखाएको छ कि कफीमा अधिक मात्रामा हुने क्लोरोजेनिक एसिड हाम्रा शरीरका लागि फाइदाजनक हुन्छ । अन्य फाइदाहरु बारे जानकारी लिन तल पढ्नुहोला ।

१. कलेजो सम्बन्धी रोगहरुलाई रोकथाम गर्छ
यदि तपाई दैनिक जसो कफी पिउनुहुन्छ भने तपाईको कलेजो पक्कै पनि तपाईको यो बानीसँग खुसी छ । यसले कलेजो क्यान्सर, लिभर सिरियोसिस जस्ता रोगबाट तपाईलाई जोगाइराख्छ । अत्यधिक मदिरा सेवनका कारण तपाईको कलेजोमा बोसो जमेको हुनसक्छ । नियमित कफी सेवनले यसलाई विस्तारै हटाउँदै जान्छ । यो रोगलाई चाडैँ उपचार गरिएन भने बिरामीको ज्यान पनि जान सक्छ ।

२. तपाईको आयु बढाउँछ
लामो समयको अध्ययनपछि यो पत्ता लाग्यो कि कफी पिउनाले तपाई लामो समय बाँच्न सक्नुहुन्छ । कफी कडा भएपनि नभएपनि यसले फाइदा गर्छ । एउटा अनुसन्धानले देखाएअनुसार दिनमा ६ कप कफी पिउने पुरुषको मृत्युदर १० प्रतिशतले कम हुन जान्छ तर यो महिलाहरुका लागि भने १५ प्रतिशतले कम हुन्छ ।

३. कफीले क्यान्सरबाट जोगाउँछ
मान्छेहरुले हल्लैहल्लामा भन्छन् कि कफीले क्यान्सर पैदा गर्छ तर यो गलत सावित भइसकेको छ । वास्तवमा कफीले क्यान्सरबाट बचाउँछ । सन् २०१६ को विश्व स्वास्थ्य संस्थाले यो निष्कर्ष निकालेको हो । यसका अनुसार कफीको सेवनले क्यान्सर हुने सम्भावना केही पनि देखिएन । बरु यसको नियमित सेवनले स्तन र कोलोन क्यान्सर हुने सम्भावनालाई न्युन गर्छ । छाला र मुखको क्यान्सर हुनबाट पनि जोगाउने एक अध्ययनले देखाएको छ ।

४. पागलपनबाट पनि जोगाउँछ
एउटा अध्ययनले हालै पत्ता लगाएको छ कि  कफीमा पाइने अत्याधिक क्यफिनको मात्राले एउटा इन्जाइम उत्पादन गर्छ जसले पागलपनको प्रबल सम्भावनालाई न्युन गराउँछ । सन् २०१६ को अध्ययनले बताए अनुसार ६ हजार जना ६५ वर्षिया महिलाहरुमा गरिएको परिक्षणमा ३६ प्रतिशत महिलालाई कफी दैनिक पिउनाले पागलपनको खतरा घटेर गएको छ । दिनमा २ देखि ३ कप कफी पिउने महिलामा यस्तो देखिएको हो ।

५. तपाईको यौन जीवनलाई मजबुद बनाउँछ
यो सत्य हो कि तपाईको सेक्स लाइफलाई कफी सेवनले स्वस्थ्य राख्न सहयोग गर्छ । एउटा अनुसन्धानका अनुसार २ देखि ३ कम कफी सेवन गर्ने पुरुषहरु ४२ प्रतिशतले स्वस्थ्य सेक्स लाइफ बाँचिरहेका हुन्छन् । मोटोपना भएका पुरुषहरुमा गरिएको परिक्षणले पनि यस्तो परिणाम दिएको थियो । रगतमा पेनाइल फ्लो बढाएको हुनाले यो फाइदाजनक रहेको हो ।

The post तपाईलाई थाहा छ कफी पिउनुका यी ५ चामत्कारिक फाइदा ? appeared first on Sajha Post.