लाससँगको बसाई… (फोटोसहित)

| प्रकाशित मिति: शुक्रबार, बैशाख ८, २०७४


Loading...

Loading...

प्राय: मानिसलाई मृत्युको बारेमा सोच्न त के कुरा गर्न पनि मन लाग्दैन । तर कोही व्यक्ति त्यस्ता छन् जसले यस्तो मन पराउँछन् । इन्डोनेसियाको सुलासीको टोराजा क्षेत्रमा भने लास दिनचर्या जस्तै बनिसकेको छ । एउटा काठद्वारा निर्मित चौकुने बैठक कोठा छ, जहाँ फर्निचर छैन मात्र केही तस्बिरहरु भित्तामा झुण्ड्याइएका छन् । कोठा सानो आवाजले र कफीको वासनाले भरिएको छ । यो एउटा पारिवारिक जमघटको दृश्य हो । ‘तिम्रो बुबालाई कस्तो छ ? एकजना पाहुनाले घरमुलीलाई सोध्यो । त्यसपछि सबैको भाव परिवर्तन भयो र सबैजना एउटा सानो कोठाको कुनामा हेर्न थाले । जहाँ एउटा बुढोमान्छे एउटा रंगीचंगी खाटमा पल्टिरहेको थियो । ‘उहाँ अझै बिसन्चो नै हुनुहुन्छ ।’ उनकी छोरी ममक लिसाले शान्तिसँग हाँस्दै भनिन् । उठेर ममक लिसाले बुबाको छेउमा गएर उनलाई बिस्तारै हल्लाउँदै भनिन्, ‘बुबा केही मानिसहरु तपाईलाई भेट्न आएका छन्, मलाई आशा छ यसले तपाईलाई अप्ठयारो वा क्रोधित बनाउँदैन ।’ त्यसपछि मलाई उनले अगाडी बढेर पाउलो सिरीन्डालाई भेट्न आमन्त्रित गरिन् ।

मेरो आखाँ खाटमा गएर अडियो । पाउलो सिरिन्डा गतिविहीन अवस्थामा लडिरहेका थिए, आखाँ पनि झिम्काएका थिएनन् । यद्यपी म उनको आखाँलाई उनको चस्माबाट एकदमै कष्टले देखिरहेकी थिएँ । उनको छाला एकदमै खस्रो र खरानी रंगको देखिन्थ्यो । उनको छालामा असंख्य प्वालहरु थिए जस्तो कि किराले खाएजस्तो । उनको बाँकी शरीर अन्य कपडाले ढाकिएको थियो ।

म एकहोरो घुरिरहेको थिएँ, जब उनको साना नातिनातिनीहरुले खेल्दै आएर मलाई थपथपाए तबमात्र म यथार्थमा आँए ।

‘हजुरबुबा सँधै किन निधाइरहनु हुन्छ ?’ एउटाले हाँस्दै सोध्यो ।‘हजुरबुबा उठ्नुहोस् न खाना खान जाउँ’ अर्कोले चिच्यायो ।
‘सुसस….. हजुरबालाई डिस्टर्ब नगर । उहाँ निदाइरहनुभएको छ ।’ ममक लिसाले भनिन्, ‘तिमीहरु उहाँलाई क्रोधी बनाउँदै छौ ।’

माथिका वाक्यमा आश्चर्य कुरा के छ भने, पाउलो सिरिन्डा १२ वर्षअघि मरेका हुन् । अहिले उनको परिवारले उनी जीवित भएको मान्छन् ।

बाहिरी मानिसहरुको लागि मृत शरीरलाई घरमा देखाएर राख्नु एकदमै फरक लाग्छ । तर पूर्वी इन्डोनेसियाको सुलासीको टोराजा क्षेत्रको लाखौँ मानिसको लागि यो शताब्दी‌‍‌औं अघिदेखिको परम्परा हो । यहाँका एनिमिस्ट (मृत शरीमा प्राण हाल्नुमा विश्वास राख्ने समुदाय) मृतकलाई जिउँदो संसारमा राखेर, यो संसार र अर्को संसारबीचको रेखालाई विकृत गर्नमा विश्वास राख्छन् ।

जब कसैको मृत्यु हुन्छ, तब महिना वा कहिलेकाहिँ वर्षौंसम्म मृतकको अन्त्यष्टि हुँदैन । त्यससमय मृतकलाई उनको परिवारले घरमै राखी बिरामीलाई झैँ स्याहार गर्छन् । परिवारले मृतकलाई जीवितलाई जस्तो स्याहार गर्छन् । परिवारहरु विश्वास गर्छन् कि यदि उनीहरुको स्याहारमा कमी रह्यो भने उनीहरुको आत्माले दुख दिन्छ ।

परम्परागत तरिकाबाट मृतकको शरीरलाई सुरक्षित राख्नका लागि एकप्रकारको पात र जडिबुटि घसिन्छ । तर अचेल सुरक्षित रसायन, फर्मालिन सुइको प्रयोग गरिन्छ ।

यसले कोठामा शक्तिशाली रासायनिक दुर्गन्ध छोड्छ ।

आफ्नो बुबाको गालालाई मायाले सुम्सुम्याउँदै, ममक लिसा भन्छिन्, ‘उनी अझै आफ्ना बुबासँग मजबुत सम्बन्ध रहेको आभाष गर्छिन् । ‘हामी सबै क्रिश्चियन भएतापनि आफन्तहरु सधै उहाँलाई हेर्न आउँछन् वा फोन गरेर उहाँको अवस्था सोध्छन् किनभने हामी विश्वास गर्छौ कि उहाँ हामीलाई सुनिरहनु भएको छ र हाम्रै वरिपरि हुनुहुन्छ ।’

म जस्तो अनुभुति गर्थें त्यसको अपवादमा मैले त्यहाँ मृत्यको डरको कुनै चिन्ह नै देखिँन ।

उनीहरुको जीवनकालमा टोराजानस्हरुले सम्पति जम्मा पार्न धेरै नै मेहनत गर्छन्, तर उनीहरु विलासीपूर्ण जीवन जीउनुभन्दा गौरवपूर्ण मृत्युको लागि बचत गर्छन् । सिरिन्डा त्यही रहनेछन्, जबसम्म उनका परिवारले उनलाई दुवै भावनात्मकरुपमा वा आर्थिक रुपमा विदाई गर्न तयार हुँदैनन् । उनको शरीरले अन्त्यमा गाउँभरिको भव्य सहभागिताको माझ खर्चिलो अन्त्योष्टिसँगै विदा लिनेछ ।

टोराजनहरुको विश्वास अनुसार अन्त्यष्टिसँगै मृतकको आत्माले पृथ्वी त्याग्ने छ र जीवनपछिको अन्तिम स्थानमा कठिन र लामो यात्रा सुरु गर्ने छ । जहाँ आत्माले नयाँ अवतार लिने छ । राँगा तथा भैँसीलाई आत्माको वाहकको रुपमा लिइन्छ त्यसकारण मृतकका परिवारले उनको निम्ति जति सक्यो धेरै बलि चढाई उनको यात्रा सजिलो बनाउने प्रयास गर्छन् ।

टोराजनहरुले आफ्नो जीवनको धेरै समय आफ्नो यस किसिमको कर्मकाण्डलाई जोगाउनमा खर्चिन्छन् ।

एउटा परिवारले जीवनकालमा जति धेरै बचत गरेको छ त्यति नै ठूलो र भव्य तरिकाले रितीलाई मनाउँछन् ।

डेन्गल भन्ने एकजना धनी व्याक्तिको अन्त्यष्टि एक वर्षपछि गरिएको थियो । उनी एकदमै धनी र शक्तिशाली व्यक्ति थिए । उनको अन्त्यष्टि चारदिनसम्म गरिएको थियो । २४ वटा राँगा र सयौं सुँगुरहरु ढालिएको थियो । उनको सम्मानको अन्त्यमा पाहुनालाई मासु समेत बाँडिएको थियो । जुन उनीहरुले डेन्गेलको अर्को जीवनको अवतारको जन्म हुने खुशीमा मनाएका थिए । उनको छोराले भने कि यसमा खर्च ५० हजार डलर कटेको छ जुन उनीहरुको औसत वार्षिक आयभन्दा १० गुणा बढी हो ।

यो अन्त्योष्टिपछि शरिरले अन्तत मृत्युमा प्रवेश गरेको मानिन्छ ।

टोराजनहरु एकदम कमै जमिनमा गाडिन्छन् । त्यसको सट्टा उनीहरुलाई पारिवारिक चिहान वा हिमाली क्षेत्र भएकोले गुफा बाहिर वा भित्र राखिन्छ ।
केही परमपारिक समयका तस्बिरहरुमा केही धनी महिला वा पुरुषको चित्रलाई काठमा ध्यानपूर्वक खोपिन्छ र कपडा, गरगहना र मृतकको कपाल लगाइदिइन्छ जसलाई ‘टाउ टाउ’ भनिन्छ । औसतमा यसको निर्माण मूल्य करिब १ हजार डलर पर्न जान्छ ।

तर अन्त्यष्टिलाई विदाई मानिँदैन । ‘मा निनि’ अथवा ‘लासको सफाई’ भन्ने संस्कारद्वारा जीवित र मृतकबिचको समबन्धलाई निरन्तरता दिइरहन्छ जहाँ मृतकलाई परिवारसँग प्रत्येक दुई वर्षमा पुर्नमिलन गराइन्छ । जहाँ मृतकका प्रियजनले उनको लागि खाना, चुरोट ल्याएर मृत शरीरलाई धुने काम गर्छन् र मृतकसँग पारिवारीक तस्बिर समेत खिचाँउछन् ।

एन्डी टयान्डीले यसलाई मृतक र जीवितबीच हुने सामाजिक अन्तरक्रियाको रुपमा लिन्छन् ।

तर बिस्तारै यो परम्परा लोप हुँदैछ । ८० प्रतिशत टोराजनहरु आफ्नो पुरानो एनिमिस्ट धर्म ‘आलुक टो डोलो’त्यागेर ईसाइमा लागेसँगै यस परम्परामा परिवर्तन आउन थालेको छ । बाँकी संसारको भन्दा यहाँको परम्परा केही अचम्मको देखिएपनि यसपछिको सिद्धान्त अरु धर्मको भन्दा फरक छैन । मृतकलाई सम्झन हामी सबै चाहन्छौं तर यसमा टोराजनहरुले फरक तरिका अपनाएका मात्र हुन् ।

-बिबिसीबाट

The post लाससँगको बसाई… (फोटोसहित) appeared first on Sajha Post.