चार दिनमै नदी गायव, वैज्ञानिक चकित !

| प्रकाशित मिति: शुक्रबार, बैशाख ८, २०७४


Loading...

८ वैशाख,एजेन्सी ।

Loading...

नदी चोरीको घटना प्राय सुन्नमा आउँछ । जहाँ एक नदीको प्रवाह अरु कसैबाट कव्जा गरिन्छ । तर इतिहास पनि साक्षी छ कि, नदीलाई कव्जामा लिन हजारौ वर्ष लाग्छ ।

ग्लोवल वार्मिङले नदीको प्रवाह बदलिदिएको छ । जसलाई शोधकर्ताले जलवायु परिवर्तनले नाघेको चरम सिमा भनेका छन् । कुरा हो क्यानडाको स्लिम्स नदीको।  हाल यो नदि सुकिसकेको छ । वाशिंटन विश्वविधालयका प्रोफेसर गेरार्ड रोको अनुसार स्लिम्स नदीको पानी ४ दिनमै सुकेको हो।

उच्च गर्मीका कारण वरफका ढिक्का पग्लिदै गएपछि नदीमा पनीको बढेको थियो । तिव्र बहावका कारण लामो समयसम्म बगिरहेको नदीले आफ्नो अलग बाटो बनाएको थियो ।

चार दिनमै नदी सुक्ने यो आधुनिक इतिहासको पहिलो घटना भएको भन्दै वैज्ञनिक समेत चकित परेका छन् । अनुसन्धानकर्ताका अनुसार भू-विज्ञहरुले यसको मुख्य कारण जलवायु परिवर्तन नै भएको बताउछन् । वासिङटन विश्वविधालयका क्यानेडियन जियोफर्मालिस्ट डेनियल सुगरको नेतृत्वमा रहेको एक टोलीले स्लिम्स नदीको अध्ययन गरेको थियो । नदीमा एक्कासी देखा परेको यस्तो असरले टिमका सबै अचम्ममा परेका थिए।