बियरको क्यानले वाइफाइ सिग्नल बढाउन सकिन्छ !

| प्रकाशित मिति: शुक्रबार, बैशाख ८, २०७४


Loading...

Loading...

केवल इन्टरनेटभन्दा वाइफाइलाई धेरै नै उच्चस्तरको प्रविधि मानिन्छ । वाइफाइमा इन्टरनेटको स्पिड केवल इन्टरनेट बराबर जस्तै हुन्छ र कहिलेकाँही अझै छिटो पनि हुन्छ । तर, कुनै कुनै अवस्थामा साँच्चै वाईफाईको सिग्नल कम हुँदा वा वाइफाइले काम नगर्दा हामीलाई धेरै नै रिस उठ्छ ।

वाइफाइ सिग्नलमा समस्या आयो, कनेक्सन टुट्यो वा वाइफाइको सिग्नल साह्रै नै ढिलो भयो भने त्यसले हाम्रो समयको बर्बाद गर्छ । तर हामीले अलिकति चलाखि अपनायौं भने वाइफाइको सिग्नल बढाउन सक्छौं ।

वाइफाइ कनेक्सन सुधार्न सकिने धेरै उपायहरु छन् ति मध्ये बियरको क्यान प्रयोग गरेर पनि वाइफाइ कनेक्सन सुधार्न सकिन्छ । बियर नपिउने मानिसले सोडाक्यानको प्रयोग गर्न पनि सकिन्छ ।

पहिले पहिले टिभी एन्टेनामा आल्मुनियमको पत्ता थपेको जस्तै आजकालका राउटरहरुलाई पनि हामीले बियरको क्यान काटेर जोडिदिने हो भने त्यसले वाइफाइको सिग्नल बढाउन मद्धत गर्छ ।

यसको लागि हामीले सबैभन्दा पहिले एउटा क्यान सफा गरेर त्यसलाई काटेर पत्ता जस्तो बनाएर राउटरमा जोड्नुपर्छ । यति गरिसकेपछि वाइफाइको सिग्नल डेढ गुणा सम्म बढाँउछ ।

The post बियरको क्यानले वाइफाइ सिग्नल बढाउन सकिन्छ ! appeared first on Sajha Post.