नेपालगन्जमा रेडियो सद्भावको प्रसारण आरम्भ

| प्रकाशित मिति: बिहिबार, बैशाख ७, २०७४


Loading...

नेपालगन्ज ०७ बैसाख । रेडियो सदभाव एफएम ९१.२ मेघाहर्ज नेपालगन्जले आप्mनो प्रशारण सुरु गरेको छ । रेडियो सदभाव सबैको रेडियो भन्ने स्लोगनसहित सदभाव पश्चिम नेपालमा गुञ्जीएको हो । नेपाली संस्कृति अनुसार विधि पूर्वक बुधवार विहान पुजाआजा गरी आप्mनो परिक्षण प्रशारण सुरु गरेको प्रबन्ध निर्देशक दामोदर भण्डारीले जानकारी दिए । अनलाईनलाई केही दिनमै परिमार्जन गरी अत्याधुनिक गराइने प्रबन्ध निर्देशक भण्डारीले वताए ।

Loading...

रेडियो सदभावमा यसक्षेत्रकै लोकप्रिय एंव उत्कृष्ट रेडियोकर्मी छन । दैनिक १८ घण्टा प्रशारण हुने रेडियो सदभाव विहान पाँच बजेदेखि रात्री ११ बजेसम्म स्रोतामाझ तरंगीत हुने छ । परिक्षण प्रशारणका रुपमा पश्चिममा अछामदेखि पूर्वमा कपिलबस्तुसम्मका स्रोताले रेडियो सदभाव सुनिएको टेलिफोन गरी प्रतिक्रिया दिएका छन ।

समाचार, सूचना र संगीतको अनुपम संगमका रुपमा रहेको रेडियो सदभाव आवाजविहीनको आवाज बनेर आएको निर्देशक भण्डारीले वताए । सोबास रहेको नेपालगन्जमा सबै लाई एकसुत्रमा बाध्न सदभाव रेडियोले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ ।’ स्थानीय बिषयवस्तुलाई प्रशारणको प्रमुख सामग्री बनाएको रेडियोले नागरिक उत्तरदायित्व निभाउन कुनै कसुर बाँकी नराख्ने प्रण गरेको छ ।

The post नेपालगन्जमा रेडियो सद्भावको प्रसारण आरम्भ appeared first on Etajakhabar.