नौ जनालाई नइ बाल पुरस्कार

| प्रकाशित मिति: बिहिबार, चैत्र ३१, २०७३


Loading...

काठमाडौंँ, ३१ चैत । नइ प्रकाशनले आआफ्ना ठाउँमा समर्पित भई प्रतिष्ठा आर्जन गर्ने पाँच वर्षदेखि १५ वर्षसम्मका नौ बालबालिकालाई २०७३ सालको ‘नइदेरुनीखपू बाल पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।
प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईँको अध्यक्षतामा आज बसेको प्रकाशनको बैठकले सो निर्णय गरेको प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिनुभयो ।

Loading...

सोअनुसार ‘नइ बाल पुरस्कार’बाट पुरस्कृत घोषित हुनेमा बहुआयामिकतर्फ शाश्वत घिमिरे, साहित्यतर्फ अर्चना उप्रेती, चित्रकलातर्फ सौजन्य श्रेष्ठ, गायनतर्फ किम्ती श्रेष्ठ, नृत्यतर्फ श्रीयाशाक्य र खेलकुदतर्फ कमलबहादुर थापा मगर छन् । ताम्रपत्रसहित ती पुरस्कारको राशि जनही रु दश हजार छ ।

यसैगरी ‘नइ कोपिला पुरस्कार’ गायनमा एन्जेल राई र नृत्यमा सम्राज्ञीश्री बस्नेतलाई समर्पण गर्ने निर्णय भएको छ । ताम्रपत्रसहित सो पुरस्कारको राशि जनही रु सात हजार छ ।त्यस्तै ताम्रपत्रसहित रु पाँच हजार राशिको ‘नइचिचिला पुरस्कार’ पाँचवर्षीया प्रिन्सा विश्वकर्मालाई नृत्यतर्फ दिइने छ ।

राजनीतिज्ञ रामबाबु प्रसाईँको सहयोगमा सातवर्षअघि ती पुरस्कार स्थापना भएका हुन् । शताब्दीपुरुष डा सत्यमोहन जोशीको ९८ औंँ जन्मोत्सवका अवसरमा आगामी वैशाख २९ गते ती पुरस्कार प्रदान गरिने बताइएको छ ।

The post नौ जनालाई नइ बाल पुरस्कार appeared first on Etajakhabar.