तीन विषयमा संविधान संशोधन गर्न एमाले तयार

| प्रकाशित मिति: सोमवार, चैत्र ७, २०७३


७ चैत्त,काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सीमाकंन बाहेक तीन वटा विषयमा संविधान संशोधन विधेयक पारित गर्न सकारात्मक भएको छ । एमालेले सीमाकंन बाहेक भाषा नागरिकता र राष्ट्रिय सभामा प्रतिनिधित्वको विषयमा संशोधन गर्दा मधेसी मोर्चा चुनावमा आउन तयार भएपछि आफ्नो पार्टी ती विषयलाई पारित गराउन लाग्ने बताएको हो ।

‘चीन भम्रणको बेला प्रधानमन्त्री प्रचण्डले रेल र तेलको सम्झौता गर्नुपर्छ’
Loading...

मधेसी मोर्चा र सरकारबीच भएको कुराकानीको बारेमा अनेक हल्ला भइरहेको बताउदै समस्या समाधानको लागि एमाले मोर्चासँग छलफल गरेर ठोस प्रस्ताव ल्याउन एमालेले प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा बसेको प्रमुख चार दलको बैठकमा एमालेले तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिंदै निर्वाचन असफल पार्ने षडयन्त्रको विरुद्ध एकताबद्ध भएर लाग्नु पर्ने बताएको छ ।

निर्वाचनमा जान प्रचण्डसँग मोर्चाले राख्यो ३ सर्त

बैठकमा प्रधानमन्त्री प्रचण्डले तीन विषयमा संविधान संशोधन विधेयक पारित गर्दै मधेसी मोर्चालाई पनि सहमतिमा ल्याएर निर्वाचनमा जानुपर्ने प्रस्ताव गरेका थिए ।

The post तीन विषयमा संविधान संशोधन गर्न एमाले तयार appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.


Loading...