नेपालमा पनि मनाइयो विश्व बाल रंगमञ्च दिवस (फोटोफिचर)

| प्रकाशित मिति: सोमवार, चैत्र ७, २०७३


काठमाडौं, चैत ७ । मार्च २० का दिन विश्वभर बाल रंगमञ्च दिवस मनाउने क्रममा नेपालमा पनि मनाइएको छ । सुनधारास्थित नाटकघर थिएटर मलमा जर्मनीबाट आएका रंगकर्मीको क्लाउन शोको साथमा नेपालमा बाल रंगमञ्च दिवस मनाइएको हो ।

Loading...

बालबालिकालाई नाटकघर लैजाऔं, उनीहरु पनि देख्न, सुन्न, महसुस गर्न, सोच्न र कल्पना गर्न सक्छन् भन्ने अभियानका साथ यो दिवस मनाइएको हो । बाल रंगमञ्च सम्बन्धी अन्तर्राष्ट्रिय छाता संगठन आसितेज इन्टरनेशनको नेपाल च्याप्टर आसितेज नेपाल र थिएटर सेन्टर फर चिल्ड्रेन नेपालले क्लाउन शो र औपचारिक कार्यक्रम गर्दै यो दिवस मनाइएको हो ।

सोमबार थिएटर मल नाटकघरमा बालसाहित्यमा संलग्न, तथा विदेशी तथा स्वदेशी रंगकर्मी, अभिभावकमाझ जर्मनीबाट आएका अन्तर्राष्ट्रिय बाल नाट्य समूह ‘क्लाउन विथवाउट बोर्डर्स’को क्लाउन नाटक देखाइएको थियो । विश्वभर विभिन्न १४ समूह रहेको यस नाट्य संस्गा क्लाउन विथआउट बोर्डर्सको एक समूह नेपाल भ्रमणमा छन् ।

संसारका सबै बालबालिका खुशी रहनुपर्छ भन्दै उनीहरुले मनोरञ्जक क्लाउन तयार पारेका क्लाउनका निर्देशक तथा कोरियोग्राफर सोनियाले बताइन् । त्यस्तै क्लाउन नाटकमा टोनी –फिलिप), सुसी (केला), अर्नी (फ्ल्प्स), ब्रिगिड (बेला)ले ले रमाइलो कथात्मक क्लाउन देखाएका थिए ।

बाल कलाकार अरविन खड्कालाई नै प्रमुख अतिथि बनाएर सुरु गरिएको कार्यक्रममा उनले छोराछोरीलाई नाटकघर लैजाने बानी बसाल्न आग्रह गरे । उनले थिएटर मलमा कार्यशाला लिई नाटक तथा फिल्म जात्रामा अभिनयमा गरेका छन् ।

कार्यक्रममा नेपाली बालसाहित्यका पिता शान्तदास मानन्धर तथा थिएटर सेन्टर फर चिल्ड्रेन र थिएटर मलका कला निर्देशक केदार श्रेष्ठले कथा सुनाएका थिए । आजैको दिन विश्वभर कथावाचन दिवस पनि मनाइने गरिन्छ ।

त्यस्तै आसितेज नेपालका अध्यक्ष दिपर्शन जंग राणाले बालबालिकामा बाल रंगमञ्चले पार्ने प्रभावको बारेमा बताएका थिए । उनले आसितेज नेपालका गतिविधिहरु जनकारी गराउ“दै यो साताभरी ‘प्रदर्शन साता’का रुपमा मनाउने जनाए । थिएटर मलका प्रवन्ध निर्देशक इलिना नकर्मीले यस अवसरमा चैत १९ देखि बालबालिकाका लागि अभिनय कार्यशाला हुने जनाए । तस्वीरहरुः प्रसुन सिन्धुलीय


Loading...