बजारमा आयो गुरुङजातिको मौलिक संस्कृति झल्काउने कृति

| प्रकाशित मिति: सोमवार, चैत्र ७, २०७३


Gurung Community

Loading...

गुरुङ (तमू) जातिको उत्पत्ति, भाषा, साहित्य र संस्कृति लगायतका मौलिक पहिचानबारे जानकारी दिने पुस्तक सार्वजनिक भएको छ ।

‘राजनीतिक तथा शैक्षिक जागरणका अभियन्ता माननीय दीपक गुरुङ’ नामक उक्त पुस्तकमा राजनीतिक, सामाजिक, शैक्षिक र आर्थिक क्षेत्रमा गुरुङ समुदायका व्यक्तित्वले पुर्‍याएका योगदानबारे चर्चा गरिएको छ ।

पूर्वसांसद मेजर दीपक गुरुङको जीवनी र उनले विभिन्न क्षेत्रमा गरेको कामका विवरणलाई पनि पुस्तकमा समेटिएको छ । अन्वेषक मेदिनीकुमार केवलले लेखेको पुस्तक ६ खण्डमा विभक्त छ । गुरुङजाति र पूर्वसांसद गुरुङको जीवनका विभिन्न पाटा समेटिएका तस्बिरले पुस्तकलाई थप आकर्षक बनाएको छ ।

शनिबार आयोजित कार्यक्रममा उक्त पुस्तक सार्वजनिक गर्दै श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले गुरुङ समुदायका मौलिक संस्कृतिको अध्ययन गर्न चाहनेका लागि उपयोगी कृति बजारमा आएको बताए ।

Extra RSS content goes here…


Loading...