रक्सिले मातेका कपिलले फ्लाइटमै गरे मारपिट

| प्रकाशित मिति: सोमवार, चैत्र ७, २०७३



Loading...

चैत्र–७ । चर्चित्र कमेडियन कपिल शर्माले आफ्नै टिमका सदस्यसँग झगढा गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार अष्ट्रेलियाको सुटिङ सकेर मुम्बइ फर्किने क्रममा फ्लाइटमै कपिलको कपिल शर्मा सोका एक सदस्य सुनिल ग्रोबरसँग झगडा गरेका हुन् ।

फ्लाइटमै रक्सि पिएर कपिलले सुनिललाई तथानाम गाली गरेपछि स्थितिले झगडाको रुप लिएको थियो । भारतीय मिडियामा उल्लेख गरे अनुसरा, ‘बिना कारण कपिलले सुनीललाई गाली गर्न गरेका थिए । उक्त समयमा सुनील भने आक्रोस निकाले पछि कपिल शान्त हुन्छ भनेर चुपचाप बसेका थिए । तर कपिल झन रिसाए ।

उनको गाली फ्लाइटको पूरै क्याबिनमा सुनिएको थियो । यतिमात्र नभई कपिलले सुनीलसँग मारपीट पनि गर्न थाले । मारपीट नै हुन थालेपछि फ्लाइट अटेन्डेन्सले कपिललाई रोक्न चाहे । तर सुनीलले उनीहरुलाई उनको मद्यपानको व्यवहारलाई वास्ता नगर्न बताए ।’

कपिल र उनको टोली स्पेशल एपिसोडको सुटिङको लागि अस्ट्रेलिया गएका थिए । यसको फोटोहरु पढ प्रोडक्शन को क्रिएटिव हेड प्रीति सिमोसले सामाजिक सञ्जालमा शेयर गरेको छन् ।

The post रक्सिले मातेका कपिलले फ्लाइटमै गरे मारपिट appeared first on नेपाल आज.


Loading...