सावधान ! के तपाई ‘टुथपिन’ले दाँत घोच्नुहुन्छ ?

| प्रकाशित मिति: आइतवार, चैत्र ६, २०७३


दाँतमा अड्केको खानेकुरा निकाल्न ‘टुथपिन’ पक्कै प्रयोग गर्नुहुन्छ, तर के तपाईलाई थाहा छ, यसले समस्या निम्त्याउँछ भन्ने ?

Loading...

टुथपिनको प्रयोग गर्दा दाँतमा नभएर गिजामा घोचिने हुन्छ, जसले गर्दा रगत निस्कने र दुख्ने समस्या बढ्छ । टुथपिनको प्रयोग गर्नाले दाँतको बीच भागमा खाली ठाउँ बन्न थाल्छ । यो खाली ठाउँमा पछि गएर झनै खाना अड्किने समस्या बढेर जान्छ, जसले क्याबिटीको समस्या उत्पन्न हुन्छ ।

कसैको दाँत माझेपछि पनि टुथपिनले घोच्ने बानी हुन्छ । यसो गर्नाले दाँतको इनामेललाई नष्ट पार्छ । टुथपिनको धेरै प्रयोगले गिजा खुकुलो हुँदै जान्छ, जसका कारण दाँतको जारापनि खुकुलिँदै जान्छ ।

The post सावधान ! के तपाई ‘टुथपिन’ले दाँत घोच्नुहुन्छ ? appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.


Loading...