समानताको कुरा गर्दा यो देशमा बोझ हुन्छ

| प्रकाशित मिति: आइतवार, फाल्गुन २९, २०७३


Loading...

रमेश दियाली

कालो दागले पोतिएको महिलाको खोज हुन्छ
शरण माग्दै मन्दिर पुग्दा पुजारीको मोज हुन्छ

माग्दा पानी पिसाव दिए पिलाईदिए जल भनी
कपाल काटी डाडा कटाई गाउमा ठूलो भोज हुन्छ

महिनावारी हुदा अछूत र कालो हुदा बोक्सी रे
बलत्कार गरि हत्या सधै समाजमा रोज हुन्छ

अधिकारको चर्को कुरा गर्नेहरूलाई राम नाम
समानताको कुरा गर्दा यो देशमा बोझ हुन्छ


Loading...