प्रविधि जगतका लोकप्रिय प्रडक्टहरुको न्वारान कसरी भयो ? जानौँ रोचक तथ्यहरुः

| प्रकाशित मिति: सोमवार, पुस २५, २०७३


final-techo-nameफेसबुकका संस्थापक मार्क जुकरबर्गले मार्वल कमिक्सको सुपर हिरो टोनी स्टार्कको पुस्तकबाट प्रेरित भएर आइरन म्यान फिल्मको सुपरहिरोको नामबाट आफ्नो परिवारका लागि डिजाइन गरिएको नयाँ आर्टिफिसियल इन्टेलिजेन्स असिस्टेन्ट अर्थात् अत्याधुनिक रोबोटको नाम जारविस राखेका छन् । प्रविधि जगतमा कैयन् प्रडक्टहरुका नाम अनौठा छन् । आखिर त्यस्तो नाम कसरी रहन गयो ? आउनुस् जानौँ:

Loading...

· सिरी

एप्पलको SIRI एपले आफ्नो नाम नर्वेकी एक महिलाबाट प्राप्त गरेको हो । ती महिलालाई सिरीको प्रतिपादक ड्याग किटलसले चिन्दथे । एप्पलले सन् २०११ को अक्टोबरमा सिरी लञ्च गरेको एक वर्षपछि एक मेल भ्वाइस अप्सन पेश गरेको थियो ।

· कोर्टाना

माइक्रोसफ्टको पर्सनल असिस्टेन्ट Cortana सन् २०१४ को अपि्रलमा माइक्रोसफ्टले सार्वजनिक गरेको थियो । यसको नाम निकै लोकपि्रय हेलो भिडियो गेम फ्रेन्चाएइजीको महिला आर्टिफिसिएल इन्टेलिजेन्स पात्रको नामबाट राखिएको हो ।final-cartona

· डीप ब्लू

डीप ब्लु चेस खेल खेल्नका लागि आइबीएमको खास कम्प्युटर हो । आइबीएमको डीप ब्लू कम्प्युटर र चेस ग्राण्डमास्टर गेरी कास्पारोबीच पहिलो चेस प्रतियोगिता सन् १९९६ को फेब्रुअरीमा भएकेा थियो । जसमा उक्त कम्प्युटरले गेरीलाई हराएर कीर्तिमान राखेको थियो । यो चेस मेसिनको नाम आइबिएमले आयोजना गरेको एक नामाकरण प्रतियोगिताबाट चयन गरेको थियो ।
· जारविस

सन् २०१६ को सुरुवातमा नयाँ वर्षको घोषणाका रुपमा फेसबुक संस्थापक मार्क जुकरबर्गले आफ्नो घरका विभिन्न चिजहरुलाई नियन्त्रण गर्नसक्ने एक सजिलो आर्टिफिसियल इन्टेलिजेन्स मेसिन बनाउने व्यक्तिगत चुनौती लिएका थिए । यो होम असिस्टेन्टको नाम साइन्स फिक्सन फिल्म आइरन म्यानको असिस्टेन्ट जारविस व्बचखष्क बाट राखिएको हो । जसमा मार्गन फि्रमेन र आर्नोल्ड स्वार्जनेगरले आवाज दिएका छन् ।
· अलेक्सा

अमेजन इको एक वायरलेस स्पिकर तथा भ्वाइस कमान्ड डिभाइस हो, जसको साथ अलेक्सा नामकी महिलाको आवाज छ । यसका आविष्कारक टेलिभिजन सिरिज स्टार ट्रयाकमा देखाइएको जस्तै कम्प्युटर बनाउने कोसिस गरिरहेका थिए, जो एक सिंगल कमान्डबाट चल्थ्यो । अलेक्सालाई लाइब्रेरी अफ एलेक्जेन्डरको श्रद्धान्जलीको रुपमा चुनिएको थियो । जसलाई प्राचीन विश्वमा सबैभन्दा महत्वपूर्ण र ठूलो लाइब्रेरी मानिन्छ ।

· वाट्सन 

आइबिएमको यो प्रडक्टको नाम कम्पनीका पहिलो सिइओ थोमस वाट्सनको नामबाट राखिएको हो । यो सिस्टमले लोकपि्रय हाजिरीजवाफ प्रतियोगिता शो जेपर्डीमा भाग लिएको थियो । अहिले यो सफ्टवेयर यति एडभान्स्ड भैसकेको छ की यसको प्रयोग फोक्सोको क्यान्सरको उपचार तथा अन्य उपचारमा समेत भैरहेको छ ।final-wostan
· डोन्ना

इन्क्रेडिबल ल्याब्सको यो प्रडक्टको नाम फिक्सनल पात्र डोना मोसबाट प्रेरित भएर राखिएको हो । यसले टेलिभिजन शो वेस्ट विंगमा सहायकको भूमिका खेल्थ्यो । यो प्रयोगशालालाई सन् २०१३ मा याहुले खरीद गरेको थियो र सन् २०१४ देखि म्यललब बन्द गरिएको थियो ।


Loading...